२०८२ मंसिर ७ गते आइतवार
विराटनगर । इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ।
आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यतालिका थियो। तर, बन्दका कारण सांसदहरु उपस्थित हुन नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो। अर्को बैठक भोलि बिहान ११:३० बजे बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
यसअघि आजै बसेको कार्य व्यवस्था समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बन्दका कारण आफ्ना सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेका थिए।
बन्दका कारण आफ्ना ४१ सांसद मध्ये ४ सांसदमात्र उपस्थित हुन सकेको भन्दै उनले आफूहरु बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए। मुख्यमन्त्री राईले अब भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij