Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

सिटिजन लाइफको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, अन्य सूचकको अवस्था कस्तो?

सिटिजन लाइफको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, अन्य सूचकको अवस्था कस्तो?


  • 4.0K
    Shares

    सिटिजन लाइफको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, अन्य सूचकको अवस्था कस्तो?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोष १११.४० प्रतिशतले वृद्धि भएर रु.४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमाकोष रु. २ अर्ब ८२ लाख रहेको थियो ।

    गत आर्थिक वर्षको आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ६२ करोड ८ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा रु.१ अर्ब  २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ ।

    समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाखको उचाई चुमाएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी रु. १६ करोड ५१ लाख पुर्याएको छ ।

    जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ६ अर्ब ८९ करोड मध्ये करिब ७२.४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १३:५८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij