Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

वकिलहरुले जबरालाई विचौलियाहरुको नाइके भन्दै अदालत छाडेर जान दिए यस्तो चेतावनी

वकिलहरुले जबरालाई विचौलियाहरुको नाइके भन्दै अदालत छाडेर जान दिए यस्तो चेतावनी


  • 4.1K
    Shares

    वकिलहरुले जबरालाई विचौलियाहरुको नाइके भन्दै अदालत छाडेर जान दिए यस्तो चेतावनी
    images

    नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको धर्नालाई आज पनि जारी राखेको छ। बार भवनबाट वकिलहरु नाराबाजी गर्दै सर्वोच्च भवन परिसरमा छिरेका छन्।

    सोही क्रममा प्रहरी र वकिलहरुबीच ठेलमठेलको वातावरण समेत बनेको थियो। बारमा संगठित वकिलहरुले सर्वोच्च परिसरमा जबराविरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।

    वकिलहरुले जबरालाई विचौलियाहरुको नाइके भन्दै अदालत छाडेर जान चेतावनी समेत दिएका छन्। उनीहरुले प्रदर्शनका क्रममा ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै नाराबाजी गरेका छन्।

    बारले जबराले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिएसम्म धर्नालाई जारी राख्ने बताएको छ। बारको आन्दोलनलाई मौन समर्थन गर्दै १९ जना न्यायाधीशहरुले पनि इजलास बहिस्कार गर्दै आएका थिए।

    तर, सोमबारदेखि न्यायाधीशहरुको समूहमा विभाजन आएको छ। इजलास नबस्ने घोषणा गरेका ५ न्यायाधीश फेरि इजलास फर्कने पक्षमा भएपछि न्यायाधीशबीच फटो आएको देखिएको हो।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १२:३१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij