Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानन्यायाधीशले घरबाटै तोके १० इजलासमा २७९ मुद्दाको पेसी, आफूलाई भने तोकेनन्

प्रधानन्यायाधीशले घरबाटै तोके १० इजलासमा २७९ मुद्दाको पेसी, आफूलाई भने तोकेनन्


  • 4.2K
    Shares

    प्रधानन्यायाधीशले घरबाटै तोके १० इजलासमा २७९ मुद्दाको पेसी, आफूलाई भने तोकेनन्
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारका लागि १० इजलास तोकेका छन्। जबराले आफू नेतृत्वको इजलास भने तोकेका छैनन्। इजलासमा सबै प्रकृतिकका मुद्दाको पेशी तोकिएको छ।

    विवादकै बीच प्रधानन्यायाधीशले इजलास तोक्दै आएपनि न्यायाधीशहरु भने बेञ्चमा सहभागी भएका छैनन्। कानुन व्यवसायीहरु पनि बहस बहिष्कार गर्दै आएका छन्। करिब ३ हप्तादेखि सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायीहरु प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित छन्।

    उनीहरुले प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने भन्दै धर्नालाई निरन्तता दिँदै आएका छन्।

    तर प्रधानन्यायाधीशले काननु व्यवसायीलाई आन्दोलन छोडेर वार्तामा आउन  आग्रह गरेका छन्।  तर कानुन व्यवसायी भने विवादित प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने र तत्काल राजीना नदिए आन्दोलनलाई थप शसक्त पार्ने रणनीतिमा छ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ११:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij