२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २६.४४ अंक बढेर २७१५.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२४ अंक बढेर २७२०.५९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३२ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा २७ कम्पनीको ३७ लाख ८२ हजार ७५० रुपैयाँ ५० पैसा बराबरको ३ हजार ४११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij