Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कांग्रेस महाधिवेशनमा तीन दिनअघि उम्मेद्वारी दिनुपर्ने, कुन उम्मेद्वारीका लागि कति शुल्क?

कांग्रेस महाधिवेशनमा तीन दिनअघि उम्मेद्वारी दिनुपर्ने, कुन उम्मेद्वारीका लागि कति शुल्क?


  • 6.2K
    Shares

    कांग्रेस महाधिवेशनमा तीन दिनअघि उम्मेद्वारी दिनुपर्ने, कुन उम्मेद्वारीका लागि कति शुल्क?
    images

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुनुभन्दा पहिले नै उम्मेद्वारी दर्ता गर्नु पर्ने भएको छ। मंसिर २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशन गर्ने कार्यक्रम छ।

    महाधिवेशन २४ मंसिरमा उद्घाटन गर्ने भए पनि त्यसको तीन दिन पहिले नै उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम छ। २१ मंसिरमा उम्मेद्वारका आकांक्षीहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। कांग्रेसले यसपटक महाधिवेशनमा बन्द सत्र गर्ने छैन।

    कांग्रेसकाे केन्द्रीय सभापतिका लागि ३० र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेद्वारी शुल्क 

    नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो। कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेद्वारी शुल्क तोकेको छ।

    यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ। सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ। केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनु पर्नेछ।

    प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हजार र केन्द्रीय महासमिति सदस्यका लागि सात हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेद्वारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ।

    जिल्ला सभापतिको उम्मेद्वारी शुल्क १० हजार

    नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्वारी शुल्क तोकेको हो। कांग्रेसले जिल्ला सभापतिको लागि उम्मेद्वारी शुल्क १० हजार तोकेको छ।

    यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ। जिल्ला सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेद्वारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ।

    प्रतिनिधि सभा क्षेत्रीय समितिमा कुन-कुन पदको उम्मेदवारी शुल्क कति ?

    नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो।

    कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि सात हजार शुल्क तोकेको छ।

    यस्तै उपसभापति र सचिवका लागि पाँच हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सभा क्षेत्रीय सहसचिव लड्न चाहनेहरूले भने चार हजार र सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ११:०९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij