Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सर्वोच्चका ११ न्यायाधीश र बार पदाधिकारी बीचको छलफल बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

सर्वोच्चका ११ न्यायाधीश र बार पदाधिकारी बीचको छलफल बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने


  • 5.1K
    Shares

    सर्वोच्चका ११  न्यायाधीश र बार पदाधिकारी बीचको छलफल बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने
    images

    काठमाडौं । सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

    नेपाल बारका उपाध्यक्ष रक्षा बस्याले ११ जना न्यायाधीशसँग समसामयिक विषयमा छलफल भएको र भोलि फेरि बस्नेगरी छुट्टिएको बताइन् । उनकाअनुसार न्यायलय शुद्धीकरणका विषयमा छलफल भए पनि आज कुनै टुंगो लागेन ।

    छलफलका नेपाल बारका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल र महासचिव लिलामणी पौडेल तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार चार सातादेखि आन्दोलनमा छ भने न्यायाधीशहरुले पनि मुद्दा हेरेका छैनन् । 

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १७:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij