Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

के हुन्छ भोलिको नेपाल बन्द ? यस्तो छ विप्लवको घोषणा (विज्ञप्तिसहित)

के हुन्छ भोलिको नेपाल बन्द ? यस्तो छ विप्लवको घोषणा (विज्ञप्तिसहित)


  • 33.0K
    Shares

    के हुन्छ भोलिको नेपाल बन्द ? यस्तो छ विप्लवको घोषणा (विज्ञप्तिसहित)
    images

    काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग राख्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार(भोलि)लाई घोषणा गरिएको नेपाल बन्द फिर्ता नलिने जनाएको छ।

    सरकारले आम जनताको अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र मट्टितेलमा मूल्यवृद्धि गरेर गरिब निमुखा जनताको ढाड सेक्ने काम गरेको जिकिर गर्दै गतहप्ता नेपाल बन्दको कार्यक्रम घोषणा गरेको थियो। 

    ‘हामीले रहरले नेपाल बन्द कार्यक्रम राखेका होइनौं’, विप्लव नेकपाका नेता अनिल शर्मा विरहीले भने, ‘सरकारले मूल्यवृद्धि पूर्णरुपमा फिर्ता नलिएसम्म बन्दको कार्यक्रम फिर्ता हुँदैन।’

    सरकारपक्षले आंशिक मूल्यवृद्धि फिर्ता लिने प्रतिवद्धता जनाएको जानकारी दिँदै शर्माले वृद्धि भएको मूल्य पूर्ण रुपले फिर्ता नभएसम्म विरोधका कार्यक्रम यथावत रहने बताए। भोलिको कार्यक्रम कस्तो खालको हुनेछ भन्ने प्रश्नको उत्तरमा नेता शर्माले भने, ‘बन्दको कार्यक्रम शान्तिपूर्ण हुन्छ।

    अत्यावश्यक साधन एम्बुलेन्स, शवबाहन, खानेपानी, प्रेस, दुग्धजन्य पदार्थ बोकेकाबाहेक अन्य सावारी साधनलाई सडकमा चलाउन दिने छैनौं । बन्द सफल बनाउन विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मूख्य सडकका चोक चोकमा कार्यकर्ताहरु उपस्थित हुनेछन्।’

    बन्दबाट सर्वसाधारणलाई असुविधा पुगेपनि राष्ट्रघाति, जनघाति सरकारलाई घुँडा टेकाउन बन्दबाहेक अन्य विकल्प नभएको उनले जिकिर गरे । 

    fg-1.png

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १६:२६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij