Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

वैकल्पिक बाटो हुदै सर्वोच्च छिरेका प्रधानन्यायाधीश राणाले गरे चार मुद्दाको सुनुवाइ

वैकल्पिक बाटो हुदै सर्वोच्च छिरेका प्रधानन्यायाधीश राणाले गरे चार मुद्दाको सुनुवाइ


  • 6.7K
    Shares

    वैकल्पिक बाटो हुदै सर्वोच्च छिरेका प्रधानन्यायाधीश राणाले गरे चार मुद्दाको सुनुवाइ
    images

    काठमाडौँ । कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासबाट चारवटा विवादमा सुनुवाइ गरेका छन् ।

    नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मुल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुदै अदालत प्रवेश गरेका उनले सोमबार पनि १० वटा इजलास गठन गरी २९८ मुद्दाको पेसी तोकेका थिए ।

    तर, असन्तुष्ट न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । नेपाल बारले असन्तुष्ट न्यायाधीशहरूलाई जबराले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्राचार गरे पनि न्यायाधीशहरूले भने जबराले तोकेको इजलासमा बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनवाइ गरेका छन् ।

    प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो इजलासमा पाँचवटा रिट सुनुवाइका लागि पेसी तोकेका थिए । तर, एउटा भने हेर्न नमिल्ने भएका कारण उनले सुनवाइ गरेनन् । बाँकी विवादमा भने उनले कैफियत प्रतिवेदन माग्ने र मिसिल झिकाउने आदेश जारी गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १४:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij