Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

मन्त्रालय भागबण्डामा किन सहमति जुट्न सकेन, माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा

मन्त्रालय भागबण्डामा किन सहमति जुट्न सकेन, माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा


  • 4.3K
    Shares

    मन्त्रालय भागबण्डामा किन सहमति जुट्न सकेन, माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा
    images

    प्रदेश २ मा मन्त्रालय बाँडफाँटको कुरा नमिलेपछि सरकारमा नेकपा एसको सहभागिता अनिश्चित बनेको छ। एमालेका २१ सांसदमध्ये १३ जनाले भदौको अन्तिम साता नेकपा एस रोजेलगत्तै प्रदेश सरकारमा जाने बताएका थिए । मन्त्रालय भागबण्डामा पटकपटक छलफल भए पनि सहमति जुटेको छैन।

    नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउत तयार रहेको बताइएको छ।

    अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव छन्। तत्कालीन राजपाको सांसद उनी मन्त्री पद जोगाउनकै लागि महन्थ ठाकुरको साथ छाडेर जसपामा बसे । तर, उक्त मन्त्रालय नेकपा एसलाई दिने मुख्यमन्त्री राउतको संकेतपछि यादव असन्तुष्ट छन्।

    यता, नेकपा एस प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतो अर्थ र सामाजिक विकास मन्त्रालय मागेको बताउँछन् । उनले भने, ‘मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिने कुरा गरे पनि हामीले मानेका छैनौं।’

    जसपाले मन्त्रालयको भागबण्डा टुंगो लगाउने जिम्मा मुख्यमन्त्री राउतलाई दिएको छ। अहिले प्रदेश सरकारमा जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्रमात्र सहभागी छन् । नेकपा एस प्रदेश संसदीय दलका नेतासँग कुरा नमिल्दा मुख्यमन्त्री राउत अध्यक्ष माधवकुमार नेपालसँगै छलफल गर्न काठमाडौं पुगेको स्रोतले बतायो ।

    नेकपा एस संसदीय दलका नेता महतोले मन्त्रालयको टुंगो लाग्नेबित्तिकै मन्त्रीको टुंगो लगाउने बताए। ‘सहमति जुटेमा संसदीय दलका नेताको हैसियतले महतो मन्त्री बन्ने पक्का छ,’ नेकपा एसका एक सांसदले भने, ‘सहमतिको आधारमा अर्का एक मन्त्रीको नाम टुंगो लगाइनेछ।’

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १३:३७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij