Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कहाँ-कहाँबाट भए एमालेका महाधिवेशन प्रतिनिधि छनोट? यी हुन् हुन बाँकी क्षेत्र

कहाँ-कहाँबाट भए एमालेका महाधिवेशन प्रतिनिधि छनोट? यी हुन् हुन बाँकी क्षेत्र


  • 4.2K
    Shares

    कहाँ-कहाँबाट भए एमालेका महाधिवेशन प्रतिनिधि छनोट? यी हुन् हुन बाँकी क्षेत्र
    images

    काठमाडौं । नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट सकेको छ । चितवनमा १०–१२ मंसिरमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गरी अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको जनाएका छन् ।

    पार्टीले निर्धारण गरेको मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको उनले बताए । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको विज्ञप्तिमा उल्लेख छ । एमालेले ३० कात्तिकसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।

    प्रतिनिधि चयन भएका जिल्लाहरु
    प्रदेश–१
    पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
    बागमती प्रदेश
    दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
    उपत्यका विशेष कमिटी
    पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
    गण्डकी प्रदेश
    गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
    लुम्बिनी प्रदेश
    गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
    कर्णाली प्रदेश
    हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
    सुदूरपश्चिम प्रदेश
    दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा
    छनौट प्रक्रिया जारी रहेका जिल्ला
    कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुरा

    यी हुन् प्रतिनिधि छनोट हुन बाँकी क्षेत्र
    हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासका अधिकांश प्रतिनिधिहरु छनोट भइसकेको एमालेले जनाएको छ ।

    एमालेका अनुसार प्रदेश–१ को ताप्लेजुङ र सुनसरी, प्रदेश–२ का सबै जिल्ला, वागमतीका रसुवा र काभ्रे, कर्णालीको दैलेख र मुगु, सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम, डोटी र बाजुरामा प्रतिनिधि छनोट हुन बाँकी रहेको छ ।

    ‘कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ,’ एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले भनेका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा १,९९९ जना प्रतिनिधिहरु सहभागी हुने एमालेले बताउँदै आएको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १२:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij