Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानन्यायाधीश जबरालले तोके आफूसहितको १० इजलास, होला त सुनुवाइ ?

प्रधानन्यायाधीश जबरालले तोके आफूसहितको १० इजलास, होला त सुनुवाइ ?


  • 4.6K
    Shares

    प्रधानन्यायाधीश  जबरालले तोके आफूसहितको १० इजलास, होला त सुनुवाइ ?
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि आफूसहितको १० इजलास गठन गरेका छन्। उनले पूर्ण, एकल र संयुक्त इजलास गठन गरेका हुन्। ती इजलासमा सबै प्रकृतिका मुद्दाको पेशी तोकिएको छ।

    तर, सर्वोच्चकै न्यायाधीश र कानुन व्यवसायीहरु भने करिब ३ हप्तादेखि  इजलास बहिष्कार गर्दै आएका छन्। उनीहरुले बेन्च र बहस बहिष्कार गर्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छन्। उनीहरुले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन जबरासँग आग्रह गर्दै आएका छन्।

    यता प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलत कानुन व्यवसायीहरुलाई वार्तामा आउन आग्रह गरेका छन्। उनले संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरु एकताबद्ध हुनुपर्ने खाँचो रहेको भन्दै वार्तामा आउन आग्रह गरेका हुन्।

    यता कानुन व्यवसायीहरुले भने जबराले विज्ञप्ति जारी गर्ने वित्तिकै वार्तामा नबस्ने आफ्नो धारणा सार्वजनिक गरेका छन्। नेपाल बार एसोसिएसनले जबरासँगको वार्तामा नबस्ने र तत्काल राजीनामा दिनुपर्ने भन्दै आन्दोलनलाई थप पेचिलो बनाउने बताएको छ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १२:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij