Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास    

ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास    


  • 5.9K
    Shares

    ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास    
    images

     ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गरे । आज बिहान उनले मन्दिर पुनःनिर्माणको आरम्भ गरे ।     
         
    तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भने, “स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनःनिर्माण कार्य सम्पन्न गरिनेछ ।” मन्दिर गोर्खा भुकम्पले भत्काएको थियो । करिब ३८८ वर्ष पहिले पुनः निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भने, “जीवन संस्कृतिसँग जोडिएको छ, पुनःनिर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ ।”     
         
    कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सम्बद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उहाँले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । मन्त्री भुसालले भने “ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ ।

    ”पुनःनिर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उनले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउन अपिल गर्नुभयो । सो अवसरमा सांसद कृष्णलाल महर्जनले सम्पदाको संरक्षण गर्दै देशको विकासमा लागिपर्ने बताए ।     
         
    मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले रु ४ करोडमा मन्दिरको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । उनका अनुसार मन्दिर पुनःनिर्माण गत भदौं ३ गतेदेखि नै चालु रहे पनि आज औपचारिक रुपमा शुरु गरिएको बताए । 

     

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १२:०५:०३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij