Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी


  • 3.4K
    Shares

    चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी
    images

    गण्डकी । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक) को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने  विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ ।  सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती प्राविका लागि हालै प्रावि तहको नगर शिक्षक चाम्लिङ भाषा स्रोत शिक्षकको एकवटा दरबन्दी सिर्जना गरिएको छ ।

    नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार उक्त भाषाको शिक्षकका लागि विद्यालय व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो । उक्त  शिक्षकलाई  मासिक १३ हजार ५०० तलब सुविधा उपलब्ध गराइने विद्यालयले जनाएको छ । 

     नगरप्रमुख इवन राईका अनुसार विद्यालयको मागबमोजिम यस्तो  दरबन्दी सिर्जना गरिएको हो । एघार वडा रहेको उक्त नगरपालिका–८ स्थित धितुङका सात विद्यालयमा २०६५ सालदेखि चाम्लिङ राई भाषामा पठनपाठन हुँदै आएको छ ।

    धितुङमा बुलापन्थे माविमा कक्षा ५ सम्म, सूर्यज्योति माविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म, दलित जनजारण प्राविमा कक्षा ५ सम्म, जनकल्याण प्रावि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङशरण प्राविमा कक्षा ३ सम्म चाम्लिङ भाषामा पठनपाठन हुँदैआएको छ । सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै विषय अध्ययन गरिरहेका छन् ।

    चाम्लिङ भाषाको संरक्षण र सम्वद्र्धनका लागि तत्कालीन गाविसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानीखर्च उपलब्ध गराइएको थियो । शिक्षकको सरुवा हुँदा सूर्यज्योति माविमा दुई÷तीन वर्ष उक्त विषयको पढाइ भएको थिएन । 

    स्थानीय तह कार्यान्वयनमा आउन अगाडि उक्त भाषा शिक्षकका लागि एक आर्थिक वर्षसम्मका लागि तत्कालीन शिक्षक खम्बराज राईको पहलमा किराँत राई यायोक्खा प्रारम्भिक कमिटि गठन गरी त रु एक लाख बजेट उपलब्ध गराइएकोे थियो । यो नै शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको सबैभन्दा ठूलो रकम थियो ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १५:३६:३० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij