Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

अमेरिकी उपविदेशमन्त्री काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासहित अन्य नेताहरूसँग भेटघाट गर्ने

अमेरिकी उपविदेशमन्त्री काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासहित अन्य नेताहरूसँग भेटघाट गर्ने


  • 4.4K
    Shares

    अमेरिकी उपविदेशमन्त्री काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासहित अन्य  नेताहरूसँग भेटघाट गर्ने
    images

    काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्तारूढ दलका नेताहरूबीच मतभिन्नता रहेका बेला अमेरिकी उपविदेशमन्त्री डोनल्ड लु काठमाडौँ आउने भएका छन् ।

    दक्षिण र मध्य एसिया मामिला हेर्ने उप विदेशमन्त्री नोभेम्बर १७ (मंसिर १) गते नेपाल आउन लागेका हुन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवा र सरकारका नेताहरूसँग भेटघाट गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ग्लास्गोबाट फर्केपछि त्यहाँ एमसीसीकी उप प्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग भेटेको र आफूले एमसीसीलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको बताएका थिए ।

    उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले एमसीसी पास गराउँछौँ भनेर पत्र पठाइसकेको पनि बताएका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष दाहालले भने प्रधानमन्त्री देउवाको भनाईको खण्डन गर्दै एमसीसी पारित गर्छौँ भनेर चिठी नलेखिएको बताएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी ओलीले दुईमध्ये एकले झुट बोलेका भन्दै प्रष्ट पार्न माग गरेका थिए । 

    यस्तो अवस्थामा अमेरिकी उप विदेशमन्त्री नेपाल आउन लागेका हुन् । उनले नेपाली नेताहरूसँग एमसीसी लगायतका विषयमा छलफल गर्ने सम्भावना रहेको छ । एमसीसी सैन्य रणनीति अन्तरगत पर्छ या पर्दैन भन्ने विषयमा नेपालमा जनस्तरमै विवाद हुँदै आएको छ । 

    परराष्ट्र मन्त्रालयका प्रवक्ता सह सचिव सेवा लम्सालले अमेरिकी उप–विदेशमन्त्रीको काठमाडौँ भ्रमणमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई देशको पारस्पारिक हितको विषयमा छलफल हुने बताइन् । थप कुरा छलफलपछि जानकारी दिइने उनको भनाई छ । 

    उप विदेशमन्त्री नेपाल आउनुअघि नोभेम्बर १५ मा माल्दिभ्स जानेछन् । त्यहाँ उनले विदेशमन्त्री अहमेद खालील र सरकारका वरिष्ठ अधिकारीहरू सहित नागरिक समाजका नेताहरूलाई भेट्नेछन् । 

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १४:०५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij