Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन सम्पन्न

व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन सम्पन्न


  • 4.0K
    Shares

    व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन सम्पन्न
    images

    तनहुँको जेठो र ठूलो नगरपालिकाको रुपमा परिचित व्यासनगरपालिका मातहतका चौध वटै वडा भाडामुक्त भएका छन् । व्यासनगरपालिका–१ को वडा कार्यालयको भवन निर्माण गरेर कामकाज हुन थालेपछि सबै वडा कार्यालय भाडामुक्त बनेका हुन् । 

    वडा नं ६, १३ र १४ नंको भवन साविकको गाउँ विकास समितिको कार्यालयबाट र अन्य वडाको नयाँ भवन निर्माण गरिएको थियो । व्यास–१ को भवन नगरपालिकाबाट विनियोजित करिब रू ७० लाखको लागतमा निर्माण गरिएको थियो । स्थानीय छविजङग बंशी ठकुरीले करिब रु ४० लाख मूल्य बराबरको आठ आना जग्गा निःशुल्क उपलव्ध गराएपछि भवन निर्माणकार्य अघि बढाइएको थियो । 

    नगरपालिकाको सहयोगमा जग्गा नभएका स्थानमा  जग्गा खरिद र जग्गा भएका स्थानमा भवन निर्माण गरेर सबै वडालाई भाडामुक्त बनाइएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । 

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १३:५४:०४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij