Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रहरी घेरा तोड्दै सर्वोच्च अदालत प्रांगणमै वकिलहरूको धर्ना

प्रहरी घेरा तोड्दै सर्वोच्च अदालत प्रांगणमै वकिलहरूको धर्ना


  • 6.0K
    Shares

    प्रहरी घेरा तोड्दै सर्वोच्च अदालत प्रांगणमै वकिलहरूको धर्ना
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको छ । नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरूले धर्ना दिएका हुन् ।

    कानुन व्यवसायीहरू सर्वोच्च प्रांगणमै धर्नामा बसेका छन् । गएको शुक्रबार सर्वोच्चको मूल गेटमा धर्नामा बसेका उनीहरू आज प्रहरीको घेरा तोड्दै मूल गेटबाट भित्र छिरेर धर्नामा बसेका हुन् । 

    कानुन व्यवसायीले नाराबाजी गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि आन्दोलनकारी वकिलहरूलाई गेटबाहिरै रोक्न प्रहरी असफल भएको छ ।

    वकिलहरूलाई रोक्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच तनावको स्थिति समेत सिर्जना भएको थियो ।

    पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै बारले उनको बहिर्गमनको माग गरेको हो ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - ११:०३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij