Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाली श्रमिकको लागि बहराइनले आवागमन खुला, खोप लगाएका क्वरेण्टीनमा बस्न नपर्ने

नेपाली श्रमिकको लागि बहराइनले आवागमन खुला, खोप लगाएका क्वरेण्टीनमा बस्न नपर्ने


  • 8.9K
    Shares

    नेपाली श्रमिकको  लागि  बहराइनले आवागमन खुला, खोप लगाएका क्वरेण्टीनमा बस्न नपर्ने
    images

    काठमाडौँ । बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ ।

    नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । 

    कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्रतिबन्ध लगाएको थियो ।

    तर नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । 

    बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन । 

    बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।

    खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वरेण्टीनमा बस्नुपर्छ ।

    खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ । 

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १६:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij