२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले विगत २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयको नियमित अपटेड अनुसार देशभरमा भएको ९ हजार ६०९ पीसीआर परीक्षणमा ३०१ जना र तीन हजार ४४ एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण पाइएको हो ।
बिहीबार संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् । सोहि अवधिमा संक्रमणमुक्त हुनेको संख्या भने २७९ रहेको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ११० जना, ललितपुरका ३६ जना र भक्तपुरका सात जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । हाल नेपालमा सात हजार ५३५ जना सक्रिय संक्रमित र ९८ जना क्वारेन्टिनमा छन्
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij