Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आइपिओ बाँडफाँड लगत्तै रिजल्ट हेर्न पाइने, सिडिएससिले गर्यो यस्तो व्यवस्था

आइपिओ बाँडफाँड लगत्तै रिजल्ट हेर्न पाइने, सिडिएससिले गर्यो यस्तो व्यवस्था


  • 8.5K
    Shares

    आइपिओ बाँडफाँड लगत्तै रिजल्ट हेर्न पाइने, सिडिएससिले गर्यो यस्तो व्यवस्था

    काठमाडौँ । आइपिओकाे रिजल्ट हेर्न अब घण्टौँ कुर्नु नपर्ने भएको छ।  केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले आधा घण्टामै नतिजा हेर्ने व्यवस्था गरेकाे छ ।

    सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ।“अब आइपिओको रिजल्ट हेर्न घण्टौँ कुर्नु पर्ने छैन। कुनै पनि सार्वजनिक निष्काशन बाँडफाँट भएको आधा घण्टामै नतिजा हेर्न पाइने छ। पछिल्लो समय हामीले सिस्टम अपग्रेड गर्दै उक्त सुविधा उपलब्ध गराउन लागिएको हो” सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले  भने।

    सिडिएससिले स्तरोन्नति गरेकाे सिस्टमकाे परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको छ।परीक्षणमा सफलता मिलेपछि त्यसलाई आउने सार्वजनिक निष्कासनबाट निरन्तरता दिन लागिएकाे छ। परीक्षणमा अहिलेको ट्राफिकलाई समेत ध्यान दिइएको थियो। पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमता तोकिएको छ। जसले गर्दा एकै पटक धेरै मानिसले एकै पटक नतिजा हेरे पनि ट्राफिक नहुने बताइएकाे छ।

    यस अघि नतिजा आएपछि उक्त नतिजालाई थोरै थोरै गर्दै अपलोड गर्दा तथ्याङ्क अपलोड हुन धेरै समय लाग्ने गरेको थियो। तर अब सबै नतिजा एकै पटक अपलोड गर्न मिल्ने गरी सिस्टमको विकास गरिएको छ। यसले नतिजा हेर्न छिटो हुने आचार्यको भनाई छ।   

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १६:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij