Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लगानीयोग्य रकम नभएका बैंकहरूसँग ५० अर्ब रूपैयाँ खराब कर्जा

लगानीयोग्य रकम नभएका बैंकहरूसँग ५० अर्ब रूपैयाँ खराब कर्जा


  • 7.4K
    Shares

    लगानीयोग्य रकम नभएका बैंकहरूसँग ५० अर्ब रूपैयाँ खराब कर्जा

    काठमाडौं । विभिन्न २७ वटा वाणिज्य बैंकहरूसँग ४९ अर्ब ३१ करोड ७० लाख रूपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार विभिन्न २७ वटा वाणिज्य बैंकहरूसँग यतिधेरै रकमको खराब कर्जा देखिएको हो ।

    चालू आर्थिक वर्ष २०७८/७९ को बितेका तीन महिना असोज मसान्तसम्मको तथ्यांकअनुसार यी वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी खराब कर्जा सरकारी लगानी रहेको बैंकहरूको नै देखिएको छ । जसमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा बढी देखिएको छ । निजी लगानीका बैंकहरूको तुलनामा सरकारी स्वामित्वमा सञ्चालित बैंकहरूको खराब कर्जा धेरै देखिएको संघले जनाएको छ ।

    संघले उपलब्ध गराएको तथ्यांकअनुसार अहिले सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकसँग देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग कुल ६ अर्ब २१ करोड ९१ लाख ८३ हजार रूपैयाँ खराब कर्जा रहेको छ । कुल २ खर्ब ६ अर्ब ६१ करोड ७३ लाख ८८ हजार रूपैयाँ कर्जा लगानी रहेको सो बैंकसँग ३.०१ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरी, कृषि विकास बैंक बैंकको पनि २.०८ प्रतिशत खराब कर्जा देखिएको छ ।

    सो अवधिमा कुल १ खर्ब ७६ अर्ब १५ करोड १ लाख ४४ हजार रूपैयाँ लगानी रहेको बैंकको ३ अर्ब ४७ करोड ६७ लाख खराब कर्जा देखिएको छ । सरकारी लगानी नै रहेको नेपाल बैंकको खराब कर्जा पनि अन्य बैंकहरूको तुलनामा बढी नै देखिएको छ । समिक्षा अवधिमा २ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकको कुल १ खर्ब ५४ अर्ब ८७ करोड ४५ लाख ४९ हजार रूपैयाँ कर्जा लगानी रहेको बैंकको खराब कर्जा ३ अर्ब ९ करोड ७४ लाख रूपैयाँ छ ।

    यसैगरी, नेपाल इन्भेस्मेन्ट बैंकको खराब कर्जा पनि अन्यको तुलनामा बढी नै छ । यस बैंकको कुल कर्जा १ खर्ब ६८ अर्ब ८३ करोड ५८ लाख ८७ हजारमध्ये ३ अर्ब ८३ करोड २५ लाख रूपैयाँ खराब कर्जा छ ।

    २७ वटै वाणिज्य बैंकहरूमा सबैभन्दा कम खराब कर्जा भने एभरेस्ट बैंकको देखिएको छ । कुल १ खर्ब ४४ अर्ब ३७ करोड ५६ लाख ९७ हजार रूपैयाँ कर्जा लगानी रहेको यस बैंकको खराब कर्जा १८ करोड ७६ लाख रूपैयाँ छ । बैंकको ०.१३ प्रतिशत मात्रै खराब कर्जा छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म कुल ३९ खर्ब ७९ अर्ब ४० करोड ४९ लाख ५२ हजार रूपैयाँ कर्जा लगानी रहेका बैंकको औसत खराब कर्जा १.२१ प्रतिशत छ ।

    विभिन्न आठवटा बैंकहरूसँग लगानी गर्ने पैसा नै छैन । आठवटा वाणिज्य बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् ।

    नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि आठवटा वाणिज्य बैंक कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तर, आठ वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतको सीमा नाघेको छ ।

    संघका अनुसार यस अवधिमा सीडी रेसियो बढी हुने बैंकहरूमा सबैभन्दा अघि नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । यो बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेर पनि ९५ दशमलव ३७ प्रतिशत पुगेको छ । गत असोज मसान्तसम्मको तथ्यांक अनुसार नेपाल इन्भेस्टमेन्ट बैंकको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको भन्दा ५ दशमलव ३७ प्रतिशतले बढी देखिएको हो ।

    यसैगरी, कर्जा लगानी नगर्न सक्ने अवस्थामा नेपाल एसबीआई बैंक पनि देखिएको छ । नेपाल एसबीआई बैंकको सीडी रेसियो ९५.०८ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमा उल्लंघन गर्ने बैंकहरूमा हिमालयन बैंक (९३.५४) कुमारी बैंक (९२.१३) एनएमबी बैंक (९१.२७), मेगा बैंक (९१.२१), बैंक अफ काठमान्डू (९०.४८) र प्राइम कमर्सियल बैंक ९९०.२५० रहेका छन् । यी बैंकहरू थप कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, एनसीसी बैंक पनि ८९.९६ प्रतिशतको सीडी रेसियोमा पुगिसकेको छ ।

    नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो लागू गरेपछि बैंकहरूको कर्जा लगानी गर्ने क्षमता बढ्ने विश्वास लिइएको थियो । अन्तर्राष्ट्रिय रूपमा चल्दै आएको अभ्यास भन्दै राष्ट्र बैंकले सीडी रेसियोकको व्यवस्था ल्याएको थियो ।

    तर, सीडी रेसियोको व्यवस्थाकै कारण बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने अहिले बैंकिङ प्रणालीमा तरलताको पनि समस्या देखिएको छ । राष्ट्र बैंकले ८५ प्रतिशतसम्मको सीमा रहेको सीसीडी रेसियो खारेज गरेर ९० प्रतिशतसम्मको सीमा हुनेगरी सीडी रेसियो गणना सुरु गर्न थालेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बजारमा २५ अर्ब ४६ करोड रुपैयाँ अधिक तरलता छ ।

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १३:४१:२३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij