Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र विदेश जाने टिकट काट्नुहोस्

खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र विदेश जाने टिकट काट्नुहोस्


  • 6.4K
    Shares

    • images
    खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र विदेश जाने टिकट काट्नुहोस्
    images

    काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ ।  खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ ।

    अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ ।  आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ । 

    परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ । 

    आवेदन भरिसकेपछि तपाईँको आवेदन २४ देखि ४८ घण्टामा स्वीकृति अस्वीकृति हुन्छ । आफ्नो आवेदनको अवस्था बारेमा पनि अनलाइनबाटै बुझ्न सकिन्छ । आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी खोज्नपर्छ । 

    आवेदन स्वीकृति भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिन्छ । आवेदन अस्वीकृति भएमा विवरण सच्चाएर फेरि पेस गर्न सकिन्छ । आवेदन दिएको धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाको लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिन्छ । 

    विद्युतीय माध्यमबाट प्राप्त खोप प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन । प्रमाणपत्र प्राप्त गरेपछि मात्र विदेश जाने टिकट किन्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १२:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij