२०८२ माघ १० गते शनिवार
काठमाडौँ । विश्वका सबैभन्दा धनी एलन मस्कले टेस्लाको १.१ अर्ब डलर बराबरको शेयर बेचेका छन्।
मस्कले ट्विटरमा आफ्ना फलोअर्सको सल्लाह मान्दै शेयर बेचेका हुन्। उनले केही दिनअघि ट्विटरमा आफ्ना फलोअर्ससँग टेस्लाको सेयर बेच्ने विषयमा राय मागेका थिए। ट्विटरका फलोअर्समध्ये ५८ प्रतिशतभन्दा बढीले मस्कलाई सेयर बेच्न सल्लाह दिएका थिए।
मस्कले ट्विटरमा टेस्लाको शेयर बेच्ने विषयमा राय मागेसँग गत सोमबार मंगलबार टेस्लाको शेयरमूल्यमा भारी गिरावट आएको थियो। जसका कारण मस्कको सम्पत्ति २ दिनमै ५० अर्ब डलरले घटेको थियो।
हिजो बुधबार भने टेस्लाको शेयरमूल्यमा ४.३ प्रतिशतको बढोत्तरी भएको छ। यसले मस्कको सम्पत्ति पुनः ११.२ अर्बले बढेको छ। योसँगै मस्कको सम्पत्ति २९९ अर्ब डलर पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij