२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली सुरु भएको छ । बिहीबार बिहान पशुपतिनाथ मन्दिर क्षेत्रबाट धार्मिक तथा साँस्कृति सौहार्दता बढाउने उद्देश्यसहित मोटरसाइकल यात्रा सुरु गरिएको हो ।
नेपालस्थित भारतीय दूतावासको आयोजनामा तय गरिएको मोटरसाइकल यात्राको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुरुवात गरेका हुन् ।
साँस्कृतिक तथा जनस्तरको सम्बन्धको पवित्रताका प्रतिक रहेका पशुपतिनाथ र काशी क्षेत्रको महत्वलाई जोड्न यात्रा सफल हुने अपेक्षा मन्त्री आलेले गरेका छन् ।
यात्राले नेपाल–भारत सम्बन्ध थप बिस्तारका लागि सहयोगी हुने उनले बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले पशुपति र काशी विश्वनाथ क्षेत्र दुई पावन भूमि रहेको र यसले दुई देशका नागरिकहरुको आपसी सम्बन्धको पवित्रतालाई चित्रित गर्ने बताए ।
पशुपतिनाथ–काशी विश्वनाथ यात्रा ६ दिनको हुने जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij