Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ


  • 9.7K
    Shares

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बुधबार राति १२ बजेबाट लागू हुने गरी बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो ।

    पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले घाटामा गएको बताउँदै आएको थियो । निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

    बढेको मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ३६ रुपैयाँ लिटर, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९, आन्तरिक हवाई ईन्धनको मूल्य एक सय एक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मूल्य एक हजार पाँच सय ७५ पुगेको छ ।

    bigyapti.jpg

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - २१:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij