Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१०औँ महाधिवेशनका लागि एमालेले प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ उठाउने

१०औँ महाधिवेशनका लागि एमालेले प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ उठाउने


  • 5.1K
    Shares

    १०औँ महाधिवेशनका लागि एमालेले प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ उठाउने

    काठमाडौं । नेकपा (एमाले)ले पार्टीको १०औँ महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

    बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले जानकारी दिए ।

    हाल पार्टीमा ७ लाख ३० हजार सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोडभन्दा बढी जम्मा हुने उनले बताए ।

    महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ । उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट पाँच लाख जनपरिचालन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए । त्यसअघि कार्तिक २७ गते प्रतिनिधिको निर्वाचन गरेर १९ सय ९९ प्रतिनिधि छनौट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराउने उनले बताए । 

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १६:०२:०६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij