Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बालबालिकालाई कात्तिक २८ देखि फाइजर खोप लगाइने, कहाँ-कहाँ छन् खोप केन्द्र?

बालबालिकालाई कात्तिक २८ देखि फाइजर खोप लगाइने, कहाँ-कहाँ छन् खोप केन्द्र?


  • 7.1K
    Shares

    • images
    बालबालिकालाई कात्तिक २८ देखि फाइजर खोप लगाइने, कहाँ-कहाँ छन् खोप केन्द्र?
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बालबालिकालाई फाइजर खोप लगाइनेछ। १२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ।

    पहिलो चरणमा २८ कात्तिकदेखि ४ मंसीरसम्म र दोस्रो चरणमा २७ मंसीरदेखि २ पुससम्म खोप लगाइनेछ।

    बालबालिकासँगै दीर्घ रोगीलाई पनि फाइजर खोप लगाइने भएको छ। मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिले फाइजर खोप लगाउन पाउने भएका छन्।

    त्यस्तै, क्यान्सरका उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका व्यक्तिलाई पनि फाइजर खोप लगाइनेछ।

    यससँगै रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्का रक्तनली सम्बन्धी रोग भएका व्यक्तिले पनि फाइजर खोप लगाउन स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ। खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी कागजपत्र बोकेर जानुपर्नेछ।

    यसका लागि स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा खोप केन्द्र तोकेको छ। सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

    बालबालिकालाई फाइजर खोप लगाइने खोप केन्द्र :

    khop.jpg



    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १५:१३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij