२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । संविधानले स्थानीय तह मातहत गरेको विद्यालय शिक्षाको अधिकार फिर्ता गर्न लगायतमा माग सहित गत जेठ १७ गतेबाट महासंघले आन्दोलन शुरु गरेको थियो । विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट हुनुपर्ने लगायतका शैक्षिक र पेशागत माग सहित महासंघ आन्दोलनमा छ ।
आन्दोलनरत शिक्षक संग वार्ता गर्न शिक्षा मन्त्रालयले सचिव खगराज बरालको नेतृत्वमा बनाएको वार्ता टोलीसँग महासंघले मंगलबार गरेको छलफल पछि आगामी शुक्रबारका लागि तय गरेको काठमाडौ जाऔं अभियान स्थगित गरेको महासंघले जनाएको छ । छलफल पछि महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीद्धारा जारी विज्ञप्तिमा शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि महासंघ प्रतिबद्ध रहेको दावी गरिएको छ ।
यस अघि महासंघले सरकारसँग वार्ता गर्न १२ सदस्यीय वार्ता समिति गठन गरेको थियो । पटक पटकका अनौपचारिक वार्ताको माध्यमबाट वार्ताको विश्वसनीय वातावरण निर्माण गरी शिक्षा मन्त्रीको उपस्थितिमा अर्थ, कानुन तथा सङघीय मामिला मन्त्रालय प्रतिनिधिको समेत उपस्थिति गराउने गरी वार्ता प्रारम्भ गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले बताए ।
'हामीले उठाएको विषय शिक्षाको मात्रै नभएकोले अर्थ, कानुन र सङघीय मन्त्रालयका प्रतिनिधि पनि वार्तामा हुनु पर्छ भन्ने हाम्रो कुरा थियो वार्ताको पहिलो दिन मन्त्रीकै उपस्थितीमा हामीले कुरा गरेपछि ती मन्त्रालउका प्रतिनिधि पनि वार्तामा सहभागी गराईएको छ' उनले भने 'अब घनिभूत रुपमा हामी वर्तामा बसेर निष्कर्श निकाल्ने कोशिस गर्ने छौं ।'
आफ्ना माग पुरा गर्न कुनै व्यवधान आए वा राज्यको तर्फबाट कुनै जाल झेल वा षडयन्त्र हुन थाले यथावत् आन्दोलन सञ्चालन गरी अघि बढ्ने महासंघले धम्कि पनि दिएको छ । यस अघि गत १४ गते पठन पाठन बन्दै गरेर महासंघले काठमाडौंमा प्रदर्शन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij