Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१६९ संक्रमित थपिए काठमाडौं उपत्यकामा

१६९ संक्रमित थपिए काठमाडौं उपत्यकामा


  • 6.6K
    Shares

    १६९ संक्रमित थपिए काठमाडौं उपत्यकामा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११८, ललितपुरमा ३८ र भक्तपुरमा १३ संक्रमित छन्।

    यस्तै, काठमाडौं उपत्यकामा १५०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५०८, ललितपुरमा ५१० र भक्तपुरमा ४९१ सक्रिय संक्रमित छन्।

    पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ७३६ जनामा परीक्षण गर्दा ५३३ मा संक्रमण देखिएको हो।  १४ हजार ९१८ जनाको पिसिआर परीक्षण र १८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३५ पुगेको छ।

    ४८४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १६:४८:४५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij