Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल, निर्माण प्रक्रिया सुरु

अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल, निर्माण प्रक्रिया सुरु


  • 13.7K
    Shares

    अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल, निर्माण प्रक्रिया सुरु

    सैनिक, प्रहरी र निजामति कर्मचारीको जस्तै अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल बन्ने भएको छ । सरकारले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको छ । शिक्षकहरुको देशमा निजामती कर्मचारीका लागि छुट्टै अस्पताल भएजस्तै आफूहरुका लागि पनि छुट्टै शिक्षक अस्पताल हुनु पर्ने माग थियो। सो मागको ढिलै भए पनि सुनुवाई भएको छ ।

    सरकारले शिक्षक अस्पताल बनाउनका प्रक्रिया अगाडि बढाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल निर्माणका लागि अध्ययन शुरु गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप शिक्षक अस्पताल निर्माण गर्नका लागि समिति गठन भएको हो ।

    विभागीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल बनाउने उपयुक्त स्थान खोज्न ७ सदस्यीय समिति गठन गरेको हो । जस्को संयोजक डा विमल चालिसे तोकिएका छन्। सो समितिले आगामी पुस महिनाभित्र काठमाडौँ उपत्यका वा बाहिर उपयुक्त ठाँउमा जग्गा खोग्ने कार्याधिकार तोकिएको छ । शिक्षक अस्पताल बनेपछि देशभरका करीव तीन लाख शिक्षक र तिनका परिवार लाभान्वित हुनेछन् ।

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १६:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij