Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपालभर थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७१८ जना डिस्चार्ज

नेपालभर थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७१८ जना डिस्चार्ज


  • 6.7K
    Shares

    नेपालभर थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७१८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ भने अहिलेसम्म २ लाख ५० हजार ५८१ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७१८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १६:१७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij