Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न, यस्तो छ बार्षिक प्रतिवेदन

कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न, यस्तो छ बार्षिक प्रतिवेदन


  • 5.3K
    Shares

    कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न, यस्तो छ बार्षिक प्रतिवेदन

    कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष श्री अमिर प्रताप ज.ब. राणाज्यूको अध्यक्षतामा नक्साल स्थित नक्साल कार्यालय, काठमाण्डौमा सम्पन्न भएको छ ।

    उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । 

    साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७%बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजीरु.१४अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ हुनेछ ।

    आर्थिक वर्ष २०७७/७८ को मसान्तसम्म बैंकले कुलनिक्षेप रु.१५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम रु.१४३ अर्ब ७७ करोड प्रवाह गरी संचालन मुनाफा रु.३ अर्ब १९ करोड तथा रु.१ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी १९६ शाखा संजाल, १७५ एटिएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १७:०४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij