Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सांग्रिला डेभलपमेन्ट बैंकको १०१ औं शाखा सर्लाहीको बरहथवामा

सांग्रिला डेभलपमेन्ट बैंकको १०१ औं शाखा सर्लाहीको बरहथवामा


  • 7.0K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको १०१ औं शाखा सर्लाहीको बरहथवामा

    सर्लाही । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै  सर्लाहीको नगरपालिका वडा नं. ६ स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ ।

    बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । बरहथवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।  

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

    बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं । 

     

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १३:३१:५३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij