२०८२ भाद्र २ गते सोमवार
काठमाडौं। आज (मंगलबार) विभिन्न ५ वटा कम्पनीको साधारण सभा हुँदैछ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज कार्तिक १६ गते हुदैँछ । सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा आज मंगलबार हुदैँछ । असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने निर्णय गरेको हो । सभामा बैंकको गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ८ गते एकदिन बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वार्षिक साधारण सभा पनि आज हुदैँछ । सभा बैंकको केन्द्रिय कार्यलय नारायणहिटी मार्ग दरबारमार्ग, काठमाडौँमा साँझ ४ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरिसकेको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको वार्षिक साधारण सभा आज मंगलबार बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्सिङको माध्यमबाट सञ्चालन हुनेछ । सभा गतआर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
शिवम् सिमेन्ट लिमिटेड
शिवम् सिमेन्ट लिमिटेडको छैठौँ वार्षिक साधारण सभा आज हुदैंछ । सभा होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कार्तिक ८ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले कार्तिक ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम हुने शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij