२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने पुस १३ गते आजअन्तिम दिन रहेको छ ।
बैंकले लाभांश वितरण गर्न मंगलबारदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनील मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।
बैंकले पुस २७ गते केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij