Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

यी तीन मन्त्री आज पदमुक्त हुँदै, के हो कारण?

यी तीन मन्त्री आज पदमुक्त हुँदै, के हो कारण?


  • 3.5K
    Shares

    यी तीन मन्त्री आज पदमुक्त हुँदै, के हो कारण?
    images

    कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुने भएका छन् । प्रदेशसभा सदस्य नरहेका नेकपा एकीकृत समाजवादीका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो ।

    सांसद पदमा निर्वाचित नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार कर्णाली प्रदेसमा आज तीन जना मन्त्री पदमुक्त हुन लागेका हुन् ।

    पार्टीको निर्णयविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएपछि तत्कालीन पाटी एमालेले कारवाही गरी तीन जनालाई गत वैशाख ४ गते सांसदबाट हटाएको थियो ।

    पार्टी हित विपरीत फ्लोरक्रस गरेको भन्दै एमालेले प्रकाश ज्वालासहित तीन जना मन्त्रीलाई सांसद पद नरहनेगरी बैशाख १३ गते कारबाही गरेको थियो। सांसद पद गुमेपछि पुनः बैशाख १५ गते उनीहरू गैर सांसदको रूपमा मन्त्री नियुक्त भएका थिए। गैर सांसद ६ महिना मात्रै मन्त्री हुन पाउने कानुनी व्यवस्था छ। यही कारण मन्त्रीहरू आजबाट स्वतः पदमुक्त भएका हुन्। पदमुक्त भएका तीन जना मन्त्रीहरू नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन्।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - ११:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij