Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

बन्दीको निवेदन सुनुवाइ गर्न सर्वाेच्चका न्यायाधीशहरु तयार, अरु मुद्दाको पेशी भने स्थगित

बन्दीको निवेदन सुनुवाइ गर्न सर्वाेच्चका न्यायाधीशहरु तयार, अरु मुद्दाको पेशी भने स्थगित


  • 2.8K
    Shares

    बन्दीको निवेदन सुनुवाइ गर्न सर्वाेच्चका न्यायाधीशहरु तयार, अरु मुद्दाको पेशी भने स्थगित
    images

    काठमाडौँ । सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकणका मुद्दा मात्रै पेशी तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकिएको हो।

    आइतबार न्यायाधीशहरुले राणासँग वार्ताका लागि न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता टोली गठन गरेका थिए। सो टोलीले आइतबार बेलुका प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो।

    स्रोतका अनुसार वार्ता टोलीले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न आग्रह गरेका थिए। सोही आग्रह स्वीकार गर्दै प्रधानन्यायाधीश राणाले सोमबारका लागि बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी तोकेका छैनन्।

    सोमबार आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि इजलास फर्किने भएका छन्। उनीहरुले विगत एक सातादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए। उनीहरुले विवादमा आएका प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गरेका छन्।

    विवाद समाधानका निम्ति मध्यमार्गी बाटोका रुपमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गरेर अघि बढ्ने र समस्या समाधानका लागि संवादको प्रक्रिया सुरु भएको सर्वोच्च स्रोतले बताएको छ। सोमबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने भएका छन्।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - ११:१०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij