Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

केपी ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : माधवकुमार नेपाल

केपी ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : माधवकुमार नेपाल


  • 4.7K
    Shares

    केपी ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : माधवकुमार नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको दाबी गरेका छन् ।

    समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्ये एमाले अध्यक्ष ओली सरकारको पालामा सबैभन्दा धरै भ्रष्टाचार भएको आरोप लगाए । उनले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको टिप्पणी गरे ।

    अध्यक्ष नेपालले हचुवाको भरमा जथाभावि विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च भएको बताउँदै आफू उक्त कुराको विरोधी भएको र पर्यटनमन्त्रीलाई यस्ता कुरामा ध्यान दिन आफूले निर्देश गरेको बताए ।

    कार्यक्रममा श्रममन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी दिने गरेर सरकार लागिपरेको बताउँदै बैदेशिक रोजगारमा जानु्पर्दा लेवरमा मात्रै नभएर दक्ष जनशक्ति पठाउनेबारे छलफल भइरहेको जानकारी दिए।

    उनले जनताले दिएको मतको नेकपा एमालेले इज्जत गरेको भए अहिले यो अवस्थामा नेकपा एमाले नपुग्ने प्रतिक्रिया दिए।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - २१:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij