Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

१० बुँदेको औचित्य नभएको भन्दै भीम रावललाई ओलीले यसरी झपारे

१० बुँदेको औचित्य नभएको भन्दै भीम रावललाई ओलीले यसरी झपारे


  • 3.6K
    Shares

    १० बुँदेको औचित्य नभएको भन्दै भीम रावललाई ओलीले यसरी झपारे
    images

    काठमाडौं । शुक्रबार प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच बाझाबाझ चलेको छ । बैठकमा उपस्थित भएका रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको विषयमा असन्तुष्टि पोखेपछि बाझाबाझ चलेको हो ।

    बैठकमा रावललको भनाइप्रति ओलीले हस्तक्षेप गर्दै अब १० बुँदेका कुनै औचित्य छैन भनेर झपारेका थिए । ‘१० बुँदेको सकियो । तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?अब कार्यदल किन चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो त,’ अध्यक्ष ओली भने ।

    अब १० बुँदेभन्दा पनि पार्टीको समस्याका विषयमा पार्टी केन्द्रित हुने पनि उनले बैठकमा भनेका छन् । उपाध्यक्ष रावलले भने आफू १० बुँदे कार्यान्वयन कार्यदलमा बस्न नसकेर नभई सहमति कार्यान्वयन नभएपछि बाहिरिएको जवाफ दिएका छन् ।

    बैठकमा दुईबीच चर्काचर्की भएपछि अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरालगायतले उनीहरुलाई यस विषयतिर प्रवेश नगर्न अनुरोध गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १६:३२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij