Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन


  • 5.6K
    Shares

    बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन


    मनाङ । बलिउड चलचित्र ‘उचाई’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । 

    दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएकोे  र दोस्रोका लागि  भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

    सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए । 

    चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएका छन् ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १६:०६:२० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij