Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 8.9K
    Shares

    अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौं । अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

    लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्नेछ । कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

    यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता  हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

    त्यसैगरी सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।

     

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - ११:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij