Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

के कारणले हुन्छ पायल्स ? यस्ता छन् निको पार्ने घरेलु उपाय

के कारणले हुन्छ पायल्स ? यस्ता छन् निको पार्ने घरेलु उपाय


  • 8.8K
    Shares

    • images
    के कारणले हुन्छ पायल्स ? यस्ता छन् निको पार्ने घरेलु उपाय
    images

    गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने रोग हो पायल्स । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । यसलाई खानपिन, जीवनशैली र उपचारबाट निको पार्न सकिन्छ ।

    पायल्स हुने कारण
    – पायल्स हुने सबैभन्दा ठूलो कारण हो कब्जियत । पेट राम्रोसँग सफा नभए यो हुने गर्दछ ।
    – धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।
    – गर्भावस्थाको क्रममा पाचन समस्या हुदाँ थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।
    – धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुराले पाचन क्रिया बिग्रन्छ र पायल्स हुने गर्दछ ।
    – परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

    घरेलु उपाय
    – घ्यूमा भुटेको नीमका कलिला पातमा थोरै कपुर हाल्ने र पायल्सको मासुमा लगाउने ।

    – कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँने ।

    – लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाए फाइदा मिल्छ ।

    – पानीसंग पिसेको तुलसीको पातको लेप लगाउँदा पायल्सयको जलनबाट राहत हुन्छ ।

    – तुलसीको लेप लगाउँदा पायल्समा पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

    – रातभर माटोको भाडामा राखेको अमला पाउडरको झोल बिहान मिश्री मिसाएर पिउने ।

    – मसिनो आँचमा भुटेको प्याजको पेस्ट मासु पलाएको ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

    – चियाको पत्ती पिसेर पेस्ट बनाउने र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनमा मासु सुक्छ ।

    – एक मुट्ठी कालो तिल एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्स ठिक हुन्छ ।

    – मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ । 

    विभिन्न एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - २०:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij