Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

इजलास बहिस्कार गर्ने सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता, मानव अधिकारको हनन भएको दाबी

इजलास बहिस्कार गर्ने सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता, मानव अधिकारको हनन भएको दाबी


  • 4.8K
    Shares

    इजलास बहिस्कार गर्ने सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता, मानव अधिकारको हनन भएको दाबी
    images

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ नगरेको कारण मानव अधिकार हनन भएको भन्दै रिट निवेदन दर्ता भएको छ । 

    सर्वोच्च अदालतको इजलास बहिस्कार गरेर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका १५ जना न्यायाधीशलाई विपक्षी बनाएर परमादेशको आदेश माग गरी रिट निवेदन दर्ता भएको हो । 

    नेपालको संविधानले हरेक नागरिकलाई न्याय प्राप्त गर्ने हकलाई अनतिक्रम्य हकको रुपमा व्यवस्थित गरेको तर, केही दिन यता बन्दी प्रत्यक्षीकरणका रिट निवेदन र थुनुवाका मुद्दामा समेत न्यायाधीशहरूले सुनुवाइ नगरेको कारण मानव अधिकारको हनन भएको दाबी निवेदनमा गरिएको छ । 

    अधिवक्ता कृष्ण प्रसाई, कीर्तिनाथ शर्मा पौडेल, नागरिकहरु सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले १५ जना न्यायधीशलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । 

    1.jpg

    2.jpg

    3.jpg

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १४:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij