Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानन्यायाधिश र न्यायाधिशको लफडाले वकिल वकिल बीच हात हालाहाल, परिसरमै कोट च्यातचुत

प्रधानन्यायाधिश र न्यायाधिशको लफडाले वकिल वकिल बीच हात हालाहाल, परिसरमै कोट च्यातचुत


  • 6.7K
    Shares

    प्रधानन्यायाधिश र न्यायाधिशको लफडाले वकिल वकिल बीच  हात हालाहाल, परिसरमै कोट च्यातचुत
    images

    काठमाडौं । नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच शुक्रबार हात हालाहाल भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो ।

    अधिवक्ता भूमिनन्द चुडाल पिटिएका हुन् । उनले अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताएका छन् । अब कनुनी उपचारमा जाने भूमिनन्दको भनाइ छ ।

    चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भने, “मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।”

    नेपाल बार एसोसिएसन कार्यसमितिको बैठक भित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको हो ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १३:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij