२०८२ मंसिर ८ गते सोमवार
काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय तथा मातहतमा कार्यरत १३ उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार श्रीधर केसीलाई सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाएको छ भने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई राष्ट्रिय परिचय पत्र तथा पञ्किरण विभागमा ल्याइएको छ ।
यस्तै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीमा हरि पन्तलाई खटाएको छ । लक्ष्मण ढकाललाई कारागार व्यवस्थापन विभाग, मोहनप्रसाद अर्याल इलाका प्रशासन कार्यालय बारा, वासुदेव घिमिरे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटा, ईश्वरीप्रसाद ढकाल कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी, विष्णु पौडेल सहायक प्रमुख जिल्ला अधिकारी बाँके, मिना अर्यालको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, सागर शाहलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन र इलाका प्रशासन कार्यालय उर्लाबारीका श्रवणकुमार पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij