२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । सर्वोच्च अदालतमा आज पनि रिटमाथि सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एउटा बृहतपूर्ण इजलाससहित ८ वटा इजलास तोकेका छन्।
तर सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको बिहीबार बिहान निधन भएकाले रिटमाथि सुनुवाइ नहुने भएको हो। ८४ वर्षीय लम्सालको मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) दिउँसो साढे १ बजे बस्दैछ। बैठकले पूर्वन्यायाधीश लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्ने तयारी रहेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
यसअघि बुधबार प्रधानन्यायाधीश राणाले मात्रै रिटको सुनुवाइ गरेका थिए। अन्य न्यायाधीशहरु भने प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित रुपमा इजलास बहिस्कार गर्दैै आएका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायी र न्यायाधीशहरुले बहिष्कार सुरु गरेपछि चार दिनदेखि न्यायलय प्रभावित भएको छ। राणाले राजीनामा नदिएसम्म आन्दोलन गर्ने कानुन व्यवसायीले निर्णय गरिसकेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij