२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बिहीबारको पेसी तोकेका छन्।
बिहीबारका लागि प्रधानन्यायाधीश राणाले ८ वटा इजलास तोकेका छन्। उनले आफूसहितको पूर्ण इजलाससमेत तोेकेका छन्।
अन्य न्यायाधीशहरुका लागि ६ वटा संयुक्त इजलासमा पेसी तोकेका हुन्।
न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तान, मीरा खड्का र कुमार चुडाल, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मी, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना र कमनोज कुमार शर्मा, प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठको संयुक्त इजलास तोको हुन्।
त्यस्तै प्रधानन्यायाधीश राणाले आफ्नो पूर्ण इजलास तोकेका छन्। साथै, आजका लागि प्रधानन्यायाधीश राणाले दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको पूर्ण इजलास तोकेका छन्। सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij