Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुमारी बैंकले ल्यायो दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले ल्यायो दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा


  • 25.1K
    Shares

    कुमारी बैंकले ल्यायो दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    बैंकले बुधबार सूचना जारी गर्दै सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नसमेत आह्वान गरेको छ ।

    सो सेयरको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । बैंकले तोकेको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - १२:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij