२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ ।
आज नेप्से ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ भने ४ अर्ब ५१ करोड ३१ लाख ९९ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६७ करोड १० लाख ८० हजार ९ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij