Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंक र ४ फाइनान्स कम्पनीलाई कारवाही, यस्तो छ कारण ?

राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंक र ४ फाइनान्स कम्पनीलाई कारवाही, यस्तो छ कारण ?


  • 5.5K
    Shares

    राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंक र  ४  फाइनान्स कम्पनीलाई कारवाही, यस्तो छ कारण ?

    काठमाडौं, ३ वटा वाणिज्य बैंक  र ४ फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन्। केन्द्रीय बैंकको निर्देशन विपरित काम गरेको भन्दै  राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । 

     राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ २४ पैसा, प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ १२ पैसा र हिमालयन बैंकलाई २ पटक गरी ३० हजार २१ रुपैयाँ जरिवाना गरिएको हो ।

    गत आवको चौथो त्रैमासिकमा यी बैंकहरुले केन्द्रीय बैंक प्रावधान बमोजिम तोकिएको अनिवार्य नगद मौज्दात(सीआरआर)वैधानिक तरलता अनुपात (एसएलआरं कायम नगर्दा जरिवानामा परेका हुन् । 

    समृद्धि फाइनान्सलाई साउनमा अनिवार्य मौज्दात कायम नगरेबापत पहिलोपटक १ सय ३८ रुपियाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरे बापत नै २ हजार ८ सय ७ रुपियाँ ९९ पैसा र सिटी एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार ७ सय ५१ रुपियाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार ३ सय ८ रुपियाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेको सजाय स्वरुप हर्जाना तिराइएको हो ।

    यसैगरी, ललितपुर फाइनान्सलाई विपन्न वर्ग कर्जा प्रवाह नगरेको सजायस्वरुप पहिलोपटक ७ लाख ११ हजार ६ सय ४६ रुपियाँ, दोस्रोपटक ६ लाख ६७ हजार २ सय ७३ रुपियाँ र तेस्रोपटक ६ लाख ७८ हजार ७३ गरी कुल २० लाख ५६ हजार ९ सय ९२ रुपियाँ हर्जाना तिरेका छन् भने पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) कायम नगरेको सजाय स्वरुप ६४ हजार ५ सय ७२ रुपियाँ ९६ पैसा जरिवाना तिराइएको छ ।

    त्यसैगरी केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीहरुलाई हर्जाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको ५ प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिर्नुपरेको हो । त्यस्तै फाइनान्स कम्पनीले विपन्न वर्ग कर्जा अन्तर्गत कुल कर्जाको ५ प्रतिशत कर्जा व्याजमा यस शीर्षक अन्तर्गत प्रवाह गर्नुपर्छ । तोकेबमोजिम नभएमा राष्ट्र बैंकले जरिवाना तिराउँछ ।

     

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १४:३७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij